• मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्रीले मागिन् २ मन्त्रीको राजीनामा

  • काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गतिविधिमा सक्रिय भइसकेका मन्त्रीले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी हुन् ।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकार गैरदलीय भएकाले सार्वजनिक रूपमा प्रश्न उठेको अवस्था बुझिदिन प्रधानमन्त्रीको भनाइ थियो ।

    हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न रहेका छन् । यता, सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राख्दै रवि, बालेन र कुलमानको एकतालाई अपनत्व लिएका छन्

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस