• आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया

  • धरान। जन्मिदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सफल शल्यक्रिया भएको छ।

    भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।

    शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा.राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो। १२ हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा.साहले बताए।

    उनले भने, “विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ। यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ।”

    शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको थियो। जन्मदा नानीको स्वरुप नै बिग्रिएको थियो शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताए।

    पाँच वर्षअघि डा.राजेश प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ। यसअघि भारत तथा काठमाडौंका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गर्थ्यो। तर प्रतिष्ठानले १३ हजारमा यस प्रकृतिको शल्यक्रिया गर्ने गरेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय